कपिलवस्तु । कपिलवस्तुको बेलनदी नजिकै काठमाडौँ देखि दाङको आउदै गरेको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन । घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ ।
एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन । वृद्धलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परि पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार












प्रतिक्रिया दिनुहोस्