Kohalpur Today Header Ads

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै




काठमाडौँ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज देशविदेशमा विविध कार्यक्रम गरी श्रद्धापूर्वक मनाइँदै छ। नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम जनतालाई धर्म, संस्कृति र साहित्यमा जोड्ने कार्य गरेका भानुभक्तको योगदानलाई स्मरण गर्दै देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न प्रेरित गरेको इतिहास प्रसिद्ध छ। उनका ‘रामायण’, ‘वधुशिक्षा’, ‘भक्तमाला’ लगायत कृतिहरू नेपाली साहित्यको अमूल्य सम्पदा मानिन्छन्।

नेपालसँगै भारत, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय रहेका स्थानहरूमा पनि भानु जयन्ती उत्साहका साथ मनाइँदै आएको छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार