शिवध्वज शाही, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस ग्र्याजुएट स्कुल अफ एजुकेसनका विद्यार्थीले गुरु पुर्णिामा भव्य रूपमा मनाएका छ्न ।

उनिहरुले आफुलाई शिक्षा प्रदान गर्ने गुरुप्रतिको सम्मानमा आज गुरु पुर्णिामाका दिन एकाविहानै गुरु पुर्णिामा मनाएका हुन । स्नातक तह वि.एडका विभिन्न सेमेस्टरका विद्यार्थीहरुले केक काटेर गुरुहरु लाई टीका लगाएर गुरु पुर्णिामा मनाएका छ्न । गुरुहरुको आशीर्वाद, उहाँहरुले दिएको ज्ञान, सीप र अभिवृती लाई आफ्नो व्यवहारमा कार्यन्वयन गरि अध्यारोबाट उज्यालो प्रदान गर्ने गुरुहरुप्रती सम्मान गरेका हुन । जिवनका हरेक पलमा क ख रा देखि उच्च शिक्षा दिने तथा गायत्री गुरु, दीक्षा गुरु सबैको सम्मान स्वरूप गुरु पुर्णिामा मनाउनु पुर्वीय दर्शनभित्रको महत्वपूर्ण संस्कार रहेको छ ।

उनीहरुले आफ्नो गुरुहरु लाई गुरूर ब्रह्मा: गुरूर विष्णु: गुरूर देवो: महेश्वर । गुरु साक्षात: परब्रह्मतस्मै श्री गुरुवे नमः समआदरणीय तथा पुजनिय शिक्षा, दिक्षा, गायत्री तथा औपचारिक शिक्षा प्रदान गर्ने सम्पूर्ण गुरुहरुप्रती हृदयमन देखि सादर नमन सहितका संस्कारयुक्त शब्दबाट गुरुको सम्मान गर्नु आफ्नो कर्तव्य भएको जानकारी दिए । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अध्ययनरत विद्यार्थीहरुले सधै गुरु पुर्णिामा मनाउदै आएका छ्न ।
आज हिन्दू धर्मावलम्बीहरुले आफुलाई कुनै न कुनै ज्ञान र सीप प्रदान गर्ने र आफुलाई गायत्रीको माध्यमबाट मन्त्र श्रवण गराउने सम्पूर्ण गुरुहरु लाई सम्झने दिनका रूपमा लिने गरिन्छ । आज शिष्यहरुले आफ्नो गुरुहरु लाई गुरुपुणिमाकाे पावन अबसरमा सम्पुर्णगुरुप्रती सम्मान व्यक्त गर्दै कृतज्ञता प्रकट गरेका छ्न । उनिहरुले उज्यालो ज्योति छर्ने अनि जीवनकाे सहि बाटो देखाउने निस्वार्थ माया गर्ने सबै गुरुजनप्रती हार्दिक नमनका साथै सधैका लागि सम्झना भनी आज विहानै देखि सामाजिक सन्जालहरु छाएका छ्न । व्यास जयन्तीको अवसरमा गुरु पुर्णिामा मनाउदै आएको पाईन्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्