सफल वा गुणस्तरीय जीवन जिउनका लागि सही विद्या अर्थात् ज्ञान, सीप, क्षमता, संस्कार र धारणा सिकाउने ठाउँ हो निम्बल एकेडेमी स्कुल । कोहलपुर—११ शान्तिनगर नजिकै रहेको निम्बल एकेडेमी स्कुलले हाल नयाँ योजना सहित अगाडि बढिरहेको छ ।
निम्बल एकेडेमी सफलताका पछाडि धेरै विषय जोडिएका छन् । विद्यालय एउटा सँगठित संस्था हो । यसको आफ्नै दृष्टिकोण तथा गन्तव्य, कार्यप्रणाली, विधि र निर्देशन गर्ने नीतिनियम हुन्छ जसको नेतृत्व रमेश खत्रीले गरेका छन् । त्यसलाई पूरा गर्न रणनीति, योजना र कार्यक्रम बनाइ कार्यान्वयन गर्न आवश्यकता अनुसार शिक्षक तथा कर्मचारीको व्यवस्थापन गरि उत्कृष्ट शिक्षा दिन सफल भएको विद्यालय हो निम्बल ।
वि.सं. २०५८ सालमा स्थापना भएको यस स्कुलले हजारौं दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । विद्यालयका संस्थापक तथा एमडी रमेश खत्री शिक्षाका डाइनामिक लिडर नै हुन् । जसले कोहपुलरको शिक्षालाई एक उचाइमा पु¥याएका छन् । सुरुवातमा होली भिजन ईमि स्कुललाई वि.सं. २०६५ सालदेखि फरक सोचाई र नयाँ आयामसहित निम वहादुर खत्री, विर्वल खत्री र रमेश खत्रीले सञ्चालन गरिरहेका छन् । निम्बल एकेडेमीले वि.सं. २०६५ मा नामकारण पश्चात ९ र १० कक्षा थप गरिएको थियो ।
निम्बल एकेडेमीले लामोसंघर्ष पश्चात् कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले वि.सं. २०७३ मा शत प्रतिशत ल्याउन सफल बनाएको थियो । कोहलपुर नगरपालिकाले सञ्चालन गरिरहेका विभिन्न मेयर कप रनिङ्गशिल्ड, उपमेयर क्रिकेट कप, चित्रकला, वत्तृत्वकला लगायत अन्य विभिन्न शिक्षा क्षेत्रमा हुने प्रतियोगितामा साहान्दार जित प्राप्त गरिरहेको हुन्छ । निम्बल एकेडेमीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आम अभिभावकसँग समन्वय गरी आफ्नो गुणस्तर र प्रभावकारी शिक्षा प्रदान गरिरहेको अभिभावक बताउँछन् । बालबालिकाहरूलाई विद्यालय सम्म आउन बसको व्यवस्था समेत गरिएको छ ।
विद्यार्थीहरूलाई अध्ययनअध्यापन गर्न भौतिक पूर्वाधारको राम्रो व्यवस्था भएको र विद्यार्थीले व्यवस्थित कम्प्यूटर ल्याब, पुस्तकालय र बुकलकरको समेत व्यवस्था गरिएको छ ।
विद्यालयमा मन्टेश्वरी विधिबाट नर्सरी, एलकेजी र यूकेजी (एचष्(एचष्mबचथ) को पठनपाठन दक्ष जनशक्तिबाट अध्यापन गराउँदै आएको छ । जहाँ ब्गमष्यरख्ष्कब िसामग्रीको प्रयोग गरिन्छ ।
आगामी लक्ष्य
आ.व. २०८२/०८३ देखि कक्षा ११ र १२ व्यवस्थापन विषयमा कक्षाहरू सञ्चालन गर्ने लक्ष्य र योजना रहेको छ । कक्षा ६ देखि १० सम्म स्मार्टबार्डको प्रयोग गरी पठापाठन र विज्ञान प्रयोगशाला तयार गर्ने योजना रहेको छ । पूर्व प्राथमिक तह (Pri Primary level) सहितको व्यवस्थित र आधुनिक कक्षाकोठा निर्माण गरि पठनपाठन गर्ने लक्ष्य रहेको छ । भविष्य बोकेको यस विद्यालयमा कुनै अभिभावकहरूले छोराछोरी भर्ना गरेपनि दक्षजनशक्ति उत्पादन गर्ने सक्ने आधारहरू रहेको छन् ।
- व्यवस्थित पिउने पानीको व्यवस्थापन
- खेलमैदानको व्यवस्था
- बजाससँग जोडिएको यातायात राम्रो सुविधा भएको ।
- बाचनालय शब्द अतिरिक्त क्रियाकलापमा उत्कृष्ट आधुनिक दक्षजनशिक्त, अनुभवी विषयगत शिक्षक एवम् सिसिटिभी क्यामराबाट निगरानी गरिने ।
- विज्ञान प्रविधिको भरपूर प्रयोग गरी शिक्षण गर्न सकिने ।
- बालमैत्री अपाङ्गमैत्री एवम् बालमनोविज्ञानको भरपुर प्रयोग गरी शिक्षण गर्ने ।
- शैक्षिक भ्रमण क्षेत्रमा भ्रमण गराउने ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्