मध्यरातमा संवैधानिक इजलास बस्दै




काठमाडौं । सर्वोच्च अदालतमा मध्यरातमा संवैधानिक इजलास बस्ने भएको छ । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिटको फैसला सुनाउनका लागि इजलास बस्ने भएको हो ।

यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो ।

तर, आज पनि अबेर मात्रै फैसला सुनाउन लागिएको अदालत स्रोतले जानकारी दिएको छ । अहिले इजलासमा कानुन व्यवसायी, पत्रकार र सुरक्षाकर्मी छन् । इजलासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दिनभर प्रधानन्यायाधीश सहितका न्यायाधीशहरू छलफलमा थिए । केहीबेरमा न्यायाधीशहरू इजलासमा आउने र त्यहीँबाट फैसला सुनाउने तयारी रहेको स्रोतले बताएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार