नेपाल भारत जनमैत्री सङ्गठन कोहलपुरको अध्यक्षमा खनाल




कोहलपुर । नेपाल भारत जन मैत्री सङ्गठन कोहलपुरको अध्यक्षमा विष्णु खनाल चयन भएका छन् । कोहलपुर नगर स्तरीय भेला तथा अन्तक्रिया कार्यक्रमबाट विष्णु खनालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ ।

यस्तै उपाध्यक्षमा मातृका सापकोटा, उपाध्यक्षमा यम नाथ सापकोटा, सचिवमा शकर प्रसाद न्यौपाने, सहसचिवमा डिल्ली शाही, कोषाध्यक्षमा जगत रामदास र सह कोषाध्यक्ष राजिव पौडेल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा प्रदिप पौडेल र गणेश बहादुर विष्ट चयन भएका छन् । थप दुई जना मनाेनयन गर्ने गरी कमिटि निर्माण भएको हो ।

यस्तै अन्तर्राष्ट्रिय कमिटीका महासचिव सम बहादुर थापाले संगठनले नेपाल भारतको सीमा जोडिएको क्षेत्रका नागरिक लक्षित सामाजिक कार्य गर्नुका साथै धार्मिक, सांस्कृतिक, सीमा व्यापार सहजीकरण र कूटनीतिक क्षेत्रको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

नवनिर्वाचित अध्यक्ष खनालले नेपाल भारत मैत्री बनाउन पहल कदमी पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार