Kohalpur Today Header Ads

रुकुम पश्चिममा खुकुरीले घाँटी रेटेर आफ्नै श्रीमतीको हत्या




रुकुम पश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिका -३ टाटागाउँ निवासी ३२ वर्षका चन्द्रबहादुर बुढाथोकीले आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार गए राती चन्द्रबहादुरले धारिलो हतियार (खुकुरी) देविको घाँटिमा प्रहार गरेर हत्या गरेका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उक्त घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा भएको प्रहरी टोलीले खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल गएको छ ।

हत्याको कारण भने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

– मुलपानी डटकमबाट

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार