कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ०२ मा रहेको तेह्र विगाहमा सञ्चालन भएको अण्डर १५ फुटबल प्रतियोगितामा जिवन ज्योति माध्यामिक विद्यालयले उपाधि लिएको छ ।
ज्ञानज्योति मावि चप्परगौढीलाई (१-२) गोल गर्दै जिवन ज्योति माध्यामिक विद्यालयले उपाधि लिएको हो । उपाधिसंगै प्रथम पुरस्कार ५० हजार नगद सहित मेडल र ट्रफि समेत प्रदान गरिएको थियो ।
यस्तै उपविजेता ज्ञानज्योति मावि चप्परगौडीलाई नगद ३० हजार सहित मेडल र ट्रफि समेत प्रदान गरिएको थियो भने तृतीय हुने गोर्खा यूनाईटेड पब्लिक स्कुललाई नगद १५ हजार सहित मेडल र ट्रफि समेत प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले ग्रासरुटबाटै बालबालिकाहरुलाई खेलकुद क्षेत्र अब्बल रुपमा उत्पादन गर्नुपर्ने बताए । कोहलपुर नगरपालिकासंगै बाँके जिल्ला हुँदै लुम्बिनी प्रदेशको शिर उच्च बनाउन ठुलो सहयोग पुग्नेछ उनले भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान पु¥याउने छन् ।
यस्तै सिटि यूथ क्लबका अध्यक्ष युवराज शाहीले प्रतियोगिता सञ्चालनमा सहयोग गर्नुहुने सम्पूर्ण प्रशिक्षक, सामुदायिक र संस्थागत विद्यालयका प्राधानाध्यापक तथा प्रिन्सिपल र संस्थापक लगायत सहभागि विद्यार्थी र खेलप्रेमी सम्पूर्ण सरोकारवाला निकायहरुलाई विशेष धन्यवाद दिए ।
समापन कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी लक्ष्मी खनाल, जिल्ला ट्राफिक कार्यालय प्रमुख पुष्कर पन्त लगायत बाँके भोलेन्ट्रिर संस्थाका संस्थापक दिपक शाही, एन्फाका केन्द्रिय सदस्य भोज बहादुर शाही लगायतको सहभागिता रहेको थियो ।
क्षेत्र नं. १ ख अन्तर्गत क्षेत्रिय विकास कोष अन्तर्गत सामाजिक विकास डिविजन कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा १० दिने फुटबल प्रशिक्षणपछि अण्डर १५ फुटबल प्रतियोगितामा गते ११ गतेबाट सञ्चालन भएको थियो । सिटि यूथ क्लबका सचिव दिनेश उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्