शिवध्वज शाही, कोहलपुर । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अभिमुखरण कार्यक्रम सम्पन्न भएको छ । ग्र्याजुएट स्कुल अफ एजुकेसन स्नातक तह ( शिक्षाशास्त्र संकाय) अध्ययनरत आठौ सेमेस्टरका विद्यार्थीहरु लाई अभिमुखिकरण गरिएको हो ।
आठौ सेमेस्टरको student teaching : on campus अन्तरगत नेपाली शिक्षा, अंग्रेजी शिक्षा, स्वास्थ शिक्षा र जनसंख्या शिक्षा अध्ययनरत विद्यार्थीहरु लाई अफ क्याम्पस शिक्षणको तयारी गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले चार वर्षसम्म सिकेको सैद्धान्तिक ज्ञान लाई अभ्यास शिक्षणको माध्यमबाट आफू लाई तालीमयुक्त शिक्षक हुन निर्देशन दिए ।

२१ औ शताब्दीको प्राविधिक र प्रविधिमैत्री शिक्षा लाई प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गरि सक्षम जनशक्तिको रूपमा काम गर्न निर्देशन दिए ।
कार्यक्रममा बोल्दै ग्र्याजुएट स्कुल अफ एजुकेसनका विभागीय प्रमुख ज्ञानेन्द्र शाहीले प्राप्त शिक्षालाई ज्ञानमा परिवर्तन गरि अब्बल शिक्षक हुन अनुरोध गरे । क्याम्पसले उत्पादन गर्ने जनशक्ति विश्वपरिवेशयुक्त हुनुपर्नेमा जोड दिए ।
उनले अभ्यास शिक्षणको क्रममा सिकेको ज्ञान लाई व्यवहार कार्यन्वयन गर्न निर्देशन दिए ।अभिमुखिकरण कार्यक्रम लाई सहजीकरण गर्दै सहजकर्ता अभ्यास शिक्षण विभागीय सदस्य प्रमोद सुवेदीले भोलि देखि सुरुहुने अन क्याम्पस टिचिङ श्रावण महिना सम्म विषयगत प्राध्यापकहरुको रोवहरमा विभिन्न समयतालिका तयार गरि कार्य गर्न सिकाए ।
अभिमुखिकरण कार्यक्रमको सन्चालन पाठ्यक्रम तथा मूल्याकंन विषयका उपप्राध्यापक एकराज शर्माले गरेका थिए । कार्यक्रममा प्राध्यापकहरु ललित प्रकाश चन्द, बाल कुमार शर्मा लगायत स्नातक तह आठौ सेमेस्टर अध्ययनरत विद्यार्थीहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रम विभागीय प्रमुख ज्ञानेन्द्र शाहीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्