कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ०२ मा रहेको तेह्र विगाहमा चलिरहेको अण्डर १५ फुटबल प्रतियोगितामा प्रथमका लागि जिवन ज्योति र ज्ञानज्योति भिड्न लागेका छन् ।
क्षेत्र नं. १ ख अन्तर्गत क्षेत्रिय विकास कोष अन्तर्गत सामाजिक विकास डिविजन कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा १० दिने फुटबल प्रशिक्षण पछि अण्डर १५ फुटबल प्रतियोगितामा प्रथमका लागि जिवन ज्योति र ज्ञानज्योति भिड्न लागेका छन् ।
सेमिफाइनलमा पुगेका ग्रिनपिस र ज्ञानज्योति माध्यमिक विद्यालय, गोर्खा यूनाईटेड पब्लिक स्कुल र जिवनज्योति स्कुल रहेका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई १५ हजार रुपैया नगद सहित मेडल र प्रमाण पत्र दिइनेछ भने ३ विधामा उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार उपलब्ध गराउने सिटि यूथ क्लबका अध्यक्ष शाहीको भनाई रहेको थियो ।
प्रतियोगिता १५ गते (आज) समापन हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्