बैजनाथ वडा नम्बर ५ को अध्यक्षमा बुढा

भगवती पोख्रेल, कोहलपुर ।

सल्यानी समाज बाँकेले कमिटिहरु विस्तार गर्ने लागेको छ । शनिबार बैजनाथ गाउँपालिकामा सल्यानी समाज वडा नम्बर ५ को अध्यक्षमा निम बहादुर बुढा चयन गरेको छ । बुढाको अध्यक्षतामा १३ सदस्यीय कमिटि विस्तार भएको हो ।

जसको उपाध्यक्षमा प्रेम बहादुर थापा, डम्मर कुमारी खत्री, भागिराम वली चयन भएका हुन् ।

अझै सचिव, कोषाध्यक्ष र अन्य सदस्यहरुको मनोनिति हुनेगरी कमिटि विस्तार भएको सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दले जानकारी दिएका छन् ।