राष्ट्रप्रतिको भावना र नेपाली पहिचान चिनाउँदै शिवशक्ति




कोहलपुर । कोहलपुर नगरपालिका २ मा रहेको शिवशक्ति नमुना विद्यालयले नयाँ अभ्यास सुरु गरेको छ ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी र सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विकले बालबालिकाहरुलाई राष्ट्रप्रतिको भावना र नेपालीको पहिचान ‘ढाका टोपी’ र ‘सेतो रिवन’ लगाएर नयाँ अभ्यास सुरु गरेका थिए ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले राष्ट्र र राष्ट्रियताको पहिचान जोगाउन बालबालिकाहरुबाटै सिकाउनुपर्ने बताइन् ।

हिजोका मानवमा नैतिकता थियो, सहि कर्म गर्ने र कर्तव्य पालना गर्ने गर्दथे, अहिले नेपालका विभिन्न खालका राजनितिक र व्यवस्था परिर्वतनसँगै नैतिकता हराउँदै गएको उपप्रमुख संगिता सुवेदीले बताइन् ।

‘आमजनमानसमा नैतिकता हुनु भनेको एकले–अर्कोलाई समान गर्नु, आदर गर्नु, राष्ट्रको निम्ति कर्तव्यबोध गने, सहि कर्म गर्नु, धर्म संस्कृतिमा ख्याल गर्नु, सवै मानवहरू नियम र उपनियममा बाधिनु हो’, उनले भनिन्, ‘विश्वमा सहि मानवको पहिचान गर्नुे र मानवजीवनलाई परिपूरक बनाउने, मानवताको बोध गराउनु नै नैतिक शिक्षा विषेशता हो ।’

‘आमजनमानसमा नैतिकता हुनु भनेको एकले–अर्कोलाई समान गर्नु, आदर गर्नु, राष्ट्रको निम्ति कर्तव्यबोध गने, सहि कर्म गर्नु, धर्म संस्कृतिमा ख्याल गर्नु, सवै मानवहरू नियम र उपनियममा बाधिनु हो’, उनले भनिन्, ‘विश्वमा सहि मानवको पहिचान गर्नुे र मानवजीवनलाई परिपूरक बनाउने, मानवताको बोध गराउनु नै नैतिक शिक्षा विषेशता हो ।’

जसको व्यवहारिक रूपमा नहुुदाँ आज यो समाजमा आदार, सम्मान, सत्कार, राष्ट्रप्रतिको भावना, जनताप्रति बफादार नहुदाँ यहाँ कसैप्रति कसैको मूल्य मान्यता नभएको भन्दै पुन नयाँ अभ्यास गर्न थालिएको उपप्रमुख सुवेदीले बताइन् ।

यस्तै सामाजिक विकास समितिका संयोजक विश्वकर्माले नैतिक शिक्षा संगसंगै नेपालीको पहिचान बृद्धि गर्ने नयाँ योजना ल्याउनुपर्ने बताए ।

उनले नैतिक शिक्षाबाट शिक्षित र नैतिकता, मानवता मानवमा हुदैन तबसम्म कोहि पनि कुशल नेता, महान राष्ट्रनायक, राष्ट्रलायक बन्न सक्दैन र त्यो राष्ट्रको कहिल्यै पनि शान्ति, विकास, समृद्घि नहुने भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउनुपर्ने उनको भनाई थियो ।

यस्तै शिवशक्ति नमुना आधारभूत विद्यालयका प्राधानाध्यापक बद्रिनाथ सापकोटाले बालबालिकाहरुलाई पछिल्लो समयमा आवश्यकता अनुसारको नयाँ नयाँ कार्यक्रम ल्याएको बताए ।यस्तै शिवशक्ति नमुना आधारभूत विद्यालयका प्राधानाध्यापक बद्रिनाथ सापकोटाले बालबालिकाहरुलाई पछिल्लो समयमा आवश्यकता अनुसारको नयाँ नयाँ कार्यक्रम ल्याएको बताए ।

‘नेपालीहरुको पहिचान बढाउन अनिवार्य रुपमा ढाका टोपी र सेतो रिवन लगाएर विद्यालय आउनुपर्ने योजना बनाएका छौं,’ उनले भने, ‘नैतिक शिक्षा अनिवार्य भएको भन्दै यसलाई कार्यान्वयन गराउनुपर्ने जरुरी छ ।’ कोहलपुर नगरपालिकाले यस अभियानलाई सबै विद्यालयमा लागू गराउँदा कोहलपुरको पहिचान समेत हुने उनको सुझाव दिए ।

यस्तै कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल, शिवशक्ति नमुना आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार बस्नेत लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार