अण्डर १५ फुटबल प्रतियोगिता : ग्रिनपिस र त्रिभुवनको विजयीको सुरुवात




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ०२ मा रहेको तेह्र विगाहमा चलिरहेको अण्डर १५ फुटबल प्रतियोगितामा ग्रिनपिस र त्रिभुवन माविले विजयीको सुरुवात गरेको छ ।

क्षेत्र नं. १ ख अन्तर्गत क्षेत्रिय विकास कोष अन्तर्गत सामाजिक विकास डिविजन कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा १० दिने फुटबल प्रशिक्षण पछि अण्डर १५ फुटबल प्रतियोगिता भएको हो ।

यस्तै फुटबल प्रतियोगिताको पहिलो खेलमा ग्रिनपिस चप्परगौडी र जन ज्ञानज्योति मावि कौशिलानगरको निकै प्रतिस्पर्धा भएको थियो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेका थिएनन् त्यसपछि पेनाल्टी सुटआउटमा प्रतियोगिता गएको थियो । पेनाल्टी सुटआउटबाट ग्रिनपिले जन ज्ञानज्योति माविलाई ३-१ ले विजयी भएको सिटि युथ क्लबका अध्यक्ष युवराज शाहीले जानकारी दिए ।

यस्तै फुटबल प्रतियोगिताको दोस्रो खेलमा त्रिभुवन मावि हाइस्कुल र ज्ञान ज्योति मावि बगिया विच प्रतिस्पर्धा भएको थियो । त्रिभुवन माविले ज्ञान ज्योति माविलाई २—१ ले विजयीको सुरुवात गरेको अध्यक्ष शाहीले बताए ।

यस्तै त्रिभुवन माविका विशाल पुन मगरले खेल सुरु भएको १० मिनेट र ओम प्रकाश शाहीले ३२ मिनेटमा दुई गोल गरेका थिए । ज्ञान ज्योति मावि बगियाका लक्की मगरले खेल सुरु भएको ज्ञान ज्योति मावि बगिया २३ मिनेटमा गोल गर्न सफल भएको शाहीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई १५ हजार रुपैया नगद सहित मेडल र प्रमाण पत्र दिइनेछ भने ३ विधामा उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार उपलब्ध गराउने अध्यक्ष शाहीको भनाई रहेको थियो । प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार