काठमाडौँ । मंगलबार ७ सय ५३ स्थानीय तहमध्ये ४२ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएनन् । ७ सय ११ स्थानीय तहले बजेट निर्धारित समयमा ल्याए पनि धेरैले मन्त्रालयमा प्रविष्ट गरेका छैनन् ।
स्थानीय तहहरूले ल्याएको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट गर्नुपर्ने हुन्छ । मन्त्रालयमा बजेट प्रविष्ट गरेपछि जुनसुकै पालिकाको बजेटको तथ्याङ्क संघीय मामिला मन्त्रालयमा उपलब्ध हुन सक्छ ।
तर धेरै जसो स्थानीय तहले मन्त्रालयमा बजेट प्रविष्ट गर्ने गरेका छैनन् । बजेट ल्याउने अन्तिम दिन मंगलबार भएता पनि बुधबार मध्यान्हमा जम्मा २६१ वटा स्थानीय तहले मात्रै मन्त्रालयमा बजेट प्रविष्ट गरेका छन् । ७५३ स्थानीय तहमध्ये मन्त्रालयमा ४९२ वटा स्थानीय तहले बजेट मन्त्रालयमा प्रविष्ट नगरेका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्