युद्धविराम उल्लङ्घन भए ‘कडा जवाफ दिने’ इजरायलको चेतावनी




काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका लागि इजरायलका राजदूत ड्यानी डानोनले इरानसँगको युद्धविराम उल्लङ्घन भएमा इजरायलले ‘कडा जवाफ’ दिने बताएका छन्।

मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै डानोनले यस्तो बताएका हुन् ।

बैठकमा सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा खेलेको भूमिकाका लागि धन्यवाद समेत दिएका थिए । उनले इजरायलले इरानी शासनका लक्ष्यमाथि आक्रमण गरेर गम्भीर क्षति पुर्‍याएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार