Kohalpur Today Header Ads

१० दिने ग्रासरुट प्रशिक्षणपछि तेह्र विगाहमा अण्डर १५ फुटबल प्रतियोगिता हुँदै




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ०२ मा रहेको तेह्र विगाहमा  ११ गते (आज) बाट अण्डर १५ फुटबल प्रतियोगिता हुन लागेको छ ।

क्षेत्र नं. १ ख अन्तर्गत क्षेत्रिय विकास कोष अन्तर्गत सामाजिक विकास डिविजन कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा १० दिने फुटबल प्रशिक्षण पछि अण्डर १५ फुटबल प्रतियोगिता हुन लागेको हो ।

LIfe Ok

सिटि यूथ क्लबको आयोजना र लुम्बिनी प्रदेशका सभा सदस्य दुर्गा बहादुर चौधरीको प्रमुख अतिथ्यतामा प्रतियोगिता सुरु हुनेछ भने ९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने सिटि यूथ क्लबका अध्यक्ष युवराज शाहीले जानकारी दिए ।

सो खेलमा उत्कृष्ट हुने टिमलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई १५ हजार रुपैया नगद सहित मेडल र प्रमाण पत्र दिइनेछ भने ३ विधामा उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार उपलब्ध गराउने अध्यक्ष शाहीको भनाई रहेको थियो । प्रतियोगिता  ११ गते (आज) साँझ करिब ४ बजेबाट सुरु हुनेछ ।

‘पछिल्लो समयमा नेपाल लगायत विश्वका धेरै मुलकहरुमा फुटबल निकै उत्साहपूर्ण र चर्चित खेलका रुपमा लिइन्छ जसलाई कोहलपुरका नयाँ यूवापुस्तालाई जोस जाँगर सहित प्रशिक्षण दिएका छौं,’ अध्यक्ष शाहीले भने, ‘सो प्रशिक्षण पछि उनीहरुको प्रतिभालाई उजागरण गर्ने लक्ष्यका साथ यो प्रतियोगिता गर्न लागेका हौं ।’ प्रतियोगिता सफल बनाउन सबै सरोकारवाला निकायहरुलाई आग्रह गरेका छन् ।

कोहलपुर १० मा रहेको जिवन ज्योति स्कुल, ज्ञानज्योति मावि चप्परगौडी र कृष्ण माविका १ सय ५० विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण गर्ने क्रममा ६० फुटबल, १ सय ५० वटा जर्सी, जुराब र कोण मार्कर हस्तान्तरण गरेका थिए ।

यस्तै तिन वटा विद्यालयमा प्रमुख र सहायक प्रशिक्षक राखिएको छ जसमा जिवन ज्योति स्कुलमा श्यामु तामाङ, स्मित तामाङ , ज्ञानज्योति मावि चप्परगौडीमा‎ रविन श्रेष्ठ, भोज बहादुर शाही र कृष्ण माविमा उमेश आले, आशिष गुरूङ रहेका छन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार