पञ्चमुखी ईमि स्कुलद्वारा उपचारको लागि ९० हजार बढि आर्थिक सहयोग




कोहलपुर । कोहलपुर नगरपालिका-०५ मा रहेको पञ्चमुखी ईमि स्कुलले मुटु रोगी र क्यान्सर पिडितलाई ९० हजार बढि आर्थिक सहयोग गरेको छ ।

मुटु रोगी पिडित आशिका योगीको उपचारार्थका लागि ४९ हजार ५ सय ५ र विद्यालयकी कार्यालय सहयोगी गिता विकको उपचारार्थका लागि ४१ हजार २ सय ९५ रुपैया गरी ९० हजार ८ सय रकम हस्तान्तरण गरेको हो ।

‘आशिका योगी बचाउँ अभियान’ मा प्रत्यक्ष रुपमा जोडिएका हिमालय विद्या निकेतनका प्रिन्सिपल राम शर्मालाई विद्यालयका प्रिन्सिपल डिल्ली राज घिमिरे र प्रशासकिय अधिकृत बालकुमार शर्माले उपचारार्थ मुटु रोगी आशिका योगी र क्यान्सर पिडित गिता विकलाई संयुक्त रुपमा आर्थिक सहयोग गरेका थिए ।

पञ्चमुखी ईमि स्कुलका प्रिन्सिपल घिमिरेले बालबालिकाहरुले आफ्नो खाजा खर्च, विद्यालयका प्रशासन र १ दिनको तलब शिक्षक कर्मचारीहरुले संकलन गरेको बताए ।
आशिका योगी पनि आफ्नै दिदि, बहिनी, छोरी जस्तै हुन्, कर्यालय सहयोगी पनि आफ्नो घरभित्रकै परिवारको सदस्य भएकोले बालबालिका, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनले समेत विविध खर्चलाई कटौती गरी उपचारार्थ खर्च गर्ने रकम जम्मा गरिएको प्रिन्सिपल घिमिरेले बताए ।

विद्यालयका एमडी किशोरराज मल्लले आशिका र कार्यालय सहयोगी छोरी र बहिनी जस्तै भएको बताए ।

‘छोरा छोरी, दिदि बहिनीलाई पैसाकै अभावका कारणले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले योगी र विकको उपचारको लागि थोरै रकम भएपनि संकलन ग¥र्यौ, र अन्य सबै संस्थागत विद्यालयबाट समेत रकम उठाउने मल्लले बताए ।

यस विद्यालयले विभिन्न समयमा क्यान्सर, मृगौला पिडित र अन्य विविध विरामीको लागि उपचार खर्चका लागि आर्थिक सहयोग गर्दै आएको एमडी मल्लले बताए ।

मुटु रोगी आशिका उपचारको लागि ४ लाख बढि संकलन

बैजनाथ गाउँपालिका ६ की आशिका योगी । उनी हिमालय विद्या निकेतनमा कक्षा १२ मा अध्ययनरत छिन् । बैजनाथ गाउँपालिका—०६ एच गाउँ ३६ नम्बरका बुवा रामु योगी र आमा बुद्धि कुमारी योगीकी छोरी हुन् ।

उनको स्वास्थ्यमा जटिल समस्याआई मुटु लगायत स्वास्थ्य संरचनामै जटिल समस्या हुन गएको हिमालय विद्यालयका प्रिन्सिपल राम शर्माले बताए । हालसम्म उनको उपचारार्थका लागि ४ लाख ५० हजार बढि रकम संकलन भएको बताए ।

उनको उपचारमा निरन्तर नेपालगञ्ज मेडिकल कलेज, भारतको लखनउको मेदान्त अस्पताल हुँदै काठमाण्डौंको टिचिङ्ग हस्पिटल उपचार भइरहेको र हाल केही सुधार भएको प्रिन्सिपल शर्माले बताए ।

क्यान्सर पिडितको उपचारका लागि करिब ३ लाख बढि संकलन

कोहलपुर नगरपालिका ५ की गिता विक । उनी पञ्चमुखी ईमि स्कुलमा कार्यलय सहयोगीको भूमिका छिन् । उनको घाँटीमा मासु पलाएको जस्तो देखिन्थ्र्यो ।

गत वर्षको कार्तिक १३ गते चितवन क्यान्सर अस्पतालको रिपोर्ट अनुसार उनलाई क्यान्सर भएको प्रमाणित भयो । क्यान्सर भएपछि उनलाई पैसाको अभाव झेल्नु प¥र्यो । रकम संकलनको काममा समेत निरन्तर भइरहेको र उपचार समेत निरन्तर चलिरहेको विद्यालयका प्रिन्सिपल घिमिरेले बताए ।

विभिन्न आदरणीय मनकारी व्यक्तिहरु तथा शैक्षिक संस्था लगायत अन्य मनकारीहरुले सहयोग गरिरहेको बताउँदै उनको उपचारार्थका लागि आर्थिक सहयोगको अपिल गरेका छन् ।

उनका अनुुसार अस्पताल प्रशासनको जानकारी अनुसार उपचारको लागि ठूलो धनराशि आवश्यक पर्ने भएको बताए । योगीको उपचारको लागि सहयोगका हातहरू फैलाइदिनुहुन अनुरोध समेत गरका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार