उत्तरी इरानमा हवाई आक्रमणमा परेर ९ जनाको मृत्यु, ३३ जना घाइते




तेहरान ।  उत्तरी इरानमा हवाई आक्रमणमा परेर चार वटा घर नष्ट भएको छ । यी आक्रमणका क्रममा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

गिलानका गभर्नरको कार्यालयका अनुसार अरू ३३ जना घाइते भएका छन् । यी आक्रमण इजरायलले गरेको बताइएको छ ।

मर्ने र घाइते हुनेमध्ये १४ जना महिला र बालबालिका रहेको बताइएको छ । मर्नेमा मोहम्मद रेजा सिद्धकी नाम गरेका परमाणु वैज्ञानिक पनि रहेको भन्दै केही सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।

गए राति भएको आक्रमणमा वरिष्ठ परमाणु वैज्ञानिक मारिएको इजरायली सेनाले पनि भनेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार