इरानका छ वटा विमानस्थलमा आक्रमण




तेहरान ।  इजरायलले इरानको राजधानी तेहरानमा नयाँ आक्रमण गरेको जानकारी दिएको छ । इजरायली सेनाले आफ्नो वायुसेनाले तेहरानमा रहेका सैन्य ठेगानाहरूलाई लक्षित गर्दै ‘एकसाथ धेरै आक्रमण’ गरेको बताएको हो।

इरानी मिडियाले इरानी राजधानीमा विस्फोटको आवाज सुनिएको र सहरमाथि धुवाँको ठुलो मुस्लो उठिरहेको भिडियो सार्वजनिक गरेको बेला यो विज्ञप्ति आएको हो।

यसअघि इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको बताएको थियो। सेनाका अनुसार यी आक्रमणहरूमा १५ वटा विमान ध्वस्त भएका छन् र धावनमार्गमा क्षति पुगेको छ।

इजरायली रक्षा बल (आईडीएफ)ले आक्रमणहरू पश्चिमी, पूर्वी र मध्य इरानका विमानस्थलहरूमा गरिएको थियो। आईडीएफका अनुसार, यी हवाई हमलाहरूमा एफ-१५ र एफ-५ लडाकु विमानहरू, इन्धन भर्ने विमानहरू र एएच-१ कोब्रा हेलिकप्टरहरू नष्ट भएका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार