कोहलपुरको निति तथा कार्यक्रम : मिसन रोजगारी अभियान




कोहलपुर । कोहलपुर नगरपालिकाको १७औं अधिवेशनबाट आगमी वर्षको निति तथा कार्यक्रममा मिसन रोजगारी अभियानलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आर्थिक वर्ष २०८२/०८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै मिसन रोजगारी अभियानलाई प्रमुख प्राथमिथामा राखेका छन् । ९ वटा मुख्य प्राथमिता रहेका छन् ।

जसमा १. १८ हजार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण गर्ने, २. स्मार्ट डिजिटल बोर्ड जडान गर्ने, ३. जनतासंग नगर प्रमुख संवाद कार्यक्रम, ४. हरित नगरपालिका बनाउन थप १० हजार बिरुवा रोपी संरक्षण गर्ने, ५. फुटबल प्याराफिट निर्माण गर्ने, ६. कोहलपुर साहित्यिक महोत्सव सञ्चालन गर्ने, ७. शैक्षिक तालिम केन्द्र स्थापना गर्ने, ८. विज्ञान प्रयोगशाला पार्क स्थापना गर्ने र ९. जैविक बनबाटिका निर्माण गर्ने प्रमुख प्राथमिकतामा राखिएको छ ।

कोहलपुर नगरपालिकाले आर्थिक विकास, कृषि, पशु, रोजगार प्रवद्र्धन, उद्योग तथा सहकारी, सामाजिक विकास, शिक्षा, खेलकुद, स्वास्थ्य, सञ्चार क्षेत्र, भाषा कला, साहित्य र संस्कृति, पूर्वाधार तथा शहरी विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, नगर प्रहरी, सरसफाई तथा फोहार मैला व्यवस्थापन, मानून, मानव अधिकार र न्यायिक समिति र सुशासन तथा संस्थागत विकास गर्ने निति लिइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार