
कोहलपुर । कोहलपुर नगरपालिकाले निर्माण गरेको शवदाह गृहमा एउटा शव डेढ घण्टामै जल्न थालेका छन् । बुधबार कोहलपुर नगरपालिका ५ शिवमन्दिर नजिकै मृतक पदक कला राना क्षेत्रीको शव डेढ घण्टामै जलेको थियो ।
लुम्बिनी प्रदेशमै पहिलो पटक कोहलपुर नगरपालिकाले शवदाह गृह बनाएको हो । कोहलपुरदेखि करिब ४२ किलोमिटर राप्ती सोनारीस्थित अगैया शवदाह गर्ने यस क्षेत्रका नागरिकको समस्या थियो सो समस्या अहिले समाधान भएको छ ।
मृतक रानाका छिमेकी विश्वप्रसाद उपाध्यायले शवदाह करिब डेढ घण्टामै भएपछि सहज भएको बताए ।
कोहलपुर टुडेसंगको कुराकानीमा उनले भने ‘विहान ठिक ९ बजेर ३१ मिनेटमा मेसिनमा हालेका थियौं, ११ बजेर ०२ मिनेटमा बाहिर निकाल्दा सबै खरानी भएको थियो ।’ जसले समयमा अन्य काम गर्न सजिलो भयो, राप्तीसोनारी अगैया लिँदा दिनभरी हुने, आर्थिक र समय पनि खर्च हुन्थ्याे तर अहिले सहज भएकाे उनको भनाई थियो ।
यस्तै कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले ट्रेय २ इन्चि अग्लो भएको कारणले गर्दा केही प्राविधिक समस्या भएको बताए । सो समस्या सुधार पछि अहिले एक शव ढेड घण्टामै जल्ने थालेको बताए ।
नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको संयोजकत्वमा कोहलपुर–५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ, कोहलपुर–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र इन्जिनियर प्रविन बस्नेत सहितको शवदाह गृह पहिचान समिति बनाउने निर्णय गरेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्