नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन नगर्न उच्च अदालतको आदेश




काठमाडौँ ।  काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन  नगर्न आदेश दिएको छ।

बुधबार पत्न उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ- ‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ ।’

एक साताको समय दिएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई जेठ ६ गते स्पष्टीकरण सोधेका थिए भने पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए । त्यसपछि स्पष्टीकरण चित्त नबुझेको भन्दै पाण्डेलाई जेठ २१ गते निलम्बन गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार