कोहलपुर । कोहलपुर नगरपालिका वडा नं.४ स्थित गुजर टोलमा एक सय ८० मिटर सडक कालोपत्रे गरिएको छ । कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमबाट २३ लाख ९६ हजार २१८ रुपैयाँको लागतमा सडक कालोपत्रेको काम पूरा भएको हो ।
राप्तीसोनारी गाउँपालिका ९ स्थित अनमोल निर्माण सेवाले बैशाख २८ गते सम्झौता गरेर जेष्ठ ३० गतेभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सकारेको थियो ।
कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको सहलगानीमा सन्चालित गुजर टोलको बाटो कालो पत्रे गर्ने कार्य सम्पन्न पश्चात गुजर टोलवासीमा खुसी छाएको वडाअध्यक्ष मुवारक अलि गुजरले बताए । नगर क्षेत्रमा विकास निर्माण कार्य भएता पनि बजार क्षेत्रबाट नजिक भएता पनि रैथाने मुस्लिम समुदायहरुको बाक्लो वस्ती रहेको गुजर टोलमा सडकको भरपर्दो विकास भएको थिएन् ।
यो टोलको बाटो कच्ची भएकोले बर्खायाममा स्थानीयहरुले सास्ती खेप्दै आएका थिए । बालबालिकाहरुलाई पनि विधालय आवतआवत गर्न असहज अवस्था थियो। सडक कालोपत्रे कार्यले गुजर टोलको करिब दुई सयर बेलनपुर वस्तीको करिब १४ सय मुस्लिम समुदायका वासिन्दाहरुमा यातायातमा सहजता भएको वडा अध्यक्ष गुजरले बताए ।
कोहलपुर नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रम बिच सहलगानीमा नगरपालिका क्षेत्रमा अहिले १८ वटा सडक स्तरोन्नती तथा तटबन्ध सम्बन्धी आयोजनाहरु निर्माणको काम भइरहेको छ ।
यस्ता योजनाहरूले समावेशी विकास, दिगो पूर्वाधार, र जनताको प्रत्यक्ष जीवनस्तरमा सुधार गर्ने दिशामा नगरपालिकालाई नयाँ उचाइमा पुर्याउने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले बताए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्