
काेहलपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जिसीसमेत ४ जना उपर घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै विचौलियामार्फत २० हजार घुस लिएको आरोपमा पक्राउ परेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जिसी, लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारीविरुद्ध अख्तियारले मुद्धा दायर गरेको जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ असार २ गते सोमबार












प्रतिक्रिया दिनुहोस्