मधेस प्रदेश ल्यायोे ४६ अर्ब ५८ करोडको बजेट




जनकपुरधाम ।  मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।

चालूतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रूपैयाँ र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रूपैयाँ बजेट विनियोजन गरिएको हो ।

आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको भन्दा ६.१३ प्रतिशत बढी हो ।
यस्तै मधेस प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारीतर्फ २ अर्ब ८३ करोड, वन तथा वातावरणतर्फ २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार, श्रम तथा यातायाततर्फ ५७ करोड १४ लाख ५० हजार, उद्योग, वाणिज्य तथा पर्यटनतर्फ ३ अर्ब ८ करोड ७१ लाख ७४ हजार रूपैयाँ विनियोजन गरेको छ ।

गृह तथा सञ्चार मन्त्रालयतर्फ ६४ करोड ८९ लाख ९७ हजार, शिक्षा तथा संस्कृतितर्फ ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार, उर्जा, सिँचाइ तथा खानेपानीतर्फ ४ अर्ब ४१ करोड ९९ लाख ९९ हजार, खेलकुद तथा समाज कल्याणतर्फ १ अर्ब ६८ करोड ७३ लाख र स्वास्थ्य तथा जनसंख्यातर्फ ६ अर्ब ४५ करोड ६१ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

मधेस प्रदेश सरकारले स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब १० करोड, शिक्षा, स्वास्थ्य, खानेपानी, सहिद परिवार लक्षित विशेष कार्यक्रम लगायत क्षेत्रमा स्थानीय तहले खर्च गर्ने गरी विशेष अनुदान ३८ करोड १० लाख, प्रदेश समपूरक अनुदानतर्फ ३८ करोड १० लाख र सशर्त अनुदानतर्फ १ अर्ब २२ कारोड ५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

कृषि, मानव संशाधन तथा विकास, समाजिक न्याय र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखी बजेट ल्याइएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार