काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।
भारतीय दूतावासले एकैसाथ काठमाडौं, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको हो ।
सात वटै प्रदेश समेटिने गरी ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई १ हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ ।
हालसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३ सय वटा स्कुल बस, सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानून कार्यान्वयन गर्ने निकायहरू र निर्वाचन आयोगलाई २ सय वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्