Kohalpur Today Header Ads

कर्णालीमा प्रदेशसभा अनिश्चित भएपछि पेस हुन सकेन बजेट




सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्न अन्तिम तयारी गरिरहँदा राजनीतिक अवरोधका कारण बजेट पेश हुन सकेको छैन । बजेट प्रस्तुतिका लागि अर्थमन्त्री राजीवविक्रम शाह ब्रिफकेस बोकेर प्रदेशसभा भवन पुगे पनि बजेट पेश हुन सकेन ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेपछि संसद्को कार्यसूची अनिश्चित बनेको हो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले ‘आयोजना बैंक’ को नाममा सरकारले अपारदर्शी बजेट निर्माण गरेको आरोप लगाए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

‘बजेट निर्माण प्रक्रिया सल्लाहविनाको, पूर्वाग्रही र एकपक्षीय छ’, उनले भने, ‘योजनाको मूल आधार मानिएको आयोजना बैंक नै गोप्य छ भने बजेट कसरी जनतामैत्री हुन्छ ?’

उनले पत्रकारदेखि जनप्रतिनिधिसम्मले ‘आयोजना बैंक’ को विवरण नपाएको भन्दै आलोचना गरे । ‘कसैलाई थाहा छैन, योजना कसरी समावेश भए ? कसको आधारमा चयन भए ? हामीलाई यो स्वीकार्य छैन’, उनले भने ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार