भारतमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु




काठमाडौं ।  भारतको उत्तराखण्ड राज्को रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटना हुँदा पाइलट र बालबालिकासहित ६ जनाको मृत्यु भएको भारतीय संचार माधयमले जनाएका छन् ।

मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका बताएका छन् ।

भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।

दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार