
नेपालगञ्ज । नेपालगञ्जमा आज पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच हुँदैछ । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा आज आइतबार विहान ९ बजेदेखि आँखा चेकजाँच हुने संस्थाकी अध्यक्ष मधु शाहले बताइन् । उनले चश्मा र औषधि समेत निःशुल्क उपलब्ध गराइने जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आँखा चेकजाँच गराउन सम्पूर्ण पत्रकारहरुलाई आह्वान गरेका छन् । गिरीले आफ्नो आँखाको ख्याल गर्दै आएको अवसर छोप्न आग्रह गरेका छन् ।
नेपालगञ्ज-४ स्थित गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशनको प्राङ्गणमा आँखा चेकजाँच हुने संस्थाका संरक्षक प्रदिप शाहले बताए । बसपार्क विद्युत कार्यालयबाट फुल्टेक्रा जाने बाटोमा क्षयरोग निवारण संस्थाको छेउँ संस्थाको आफ्नै भवन छ ।
उक्त भवनमै आँखा चेकजाँच हुने शाहले जानकारी दिए । आफ्ना छोरा स्वर्गीय गौरव शाहको सम्झनामा उनले फाउण्डेशन स्थापना गरेका हुन् । फाउण्डेशनले विभिन्न मानवीय र सामाजिक कामहरु गर्दै आएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्