बुद्धिचाल प्रतियोगितामा पञ्चमुखीका बोहोरा च्याम्पियन




कोहलपुर । कोहलपुर नगरस्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगितामा पञ्चमुखी ईमि स्कुलका कृष्ण बोहोरा प्रथम भएका छन् ।

शनिबार भएको प्रतियोगितामा पञ्चमुखी ईमि स्कुलका बोहोराले ७ राउन्डका खेलमा ५ जित र २ बराबरी सहित जम्मा ६ अंक प्राप्त गरी प्रथम भएका हुन् । उनका प्रतिद्वन्द्वी कोहलपुर २ का भूपु प्रहरी हस्त बहादुर थापा ट्राइब्रेकरका आधारमा दोस्रो भएका हुन् ।

यस्तै खुल्ला प्रतियोगितातर्फ पञ्चमुखी स्कुलकै शुशान्त चन्द तेस्रो र शुभम चन्द चौथो स्थान ल्याउन सफल भएका थिए भने कोहलपुर बागेश्वरी ई.मि. स्कुलका मानव न्यौपाने पाचौं स्थान ल्याउन सफल भएका थिए ।

यस्तै विद्यार्थी छात्रतर्फ जनज्योति पब्लिक स्कुलका बिबेक आचार्य प्रथम, सो विद्यालयका सालिक रोकाय दोस्रो बन्न सफल भएका थिए भने पञ्चमुखी ईमि स्कुलका भिजन सिंह तेस्रो स्थान ल्याउन सफल भएका थिए ।

यस्तै छात्रातर्फ जनज्योति स्कुलमा अध्ययनरत अस्मिता शाह प्रथम हुन सफल भएकी छिन् । दिपज्योती विद्याश्रममा अध्ययनरत मेनुका शाही दोस्रो भइन भने जनज्योति स्कुलमा अध्ययनरत बिहानी रोकाय तेस्रो भएकी थिइन् ।

यस्तै १० वर्ष मुनिमा भएको प्रतियोगितामा सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा अध्ययनरत विपिन उपाध्याय प्रथम भएका थिए भने बागेश्वरी एकेडमीमा अध्ययनरत समिरा रास्कोटी दोस्रो भएकी थिइन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट अनुशासित खेलाडीको रुपमा कोहलपुर ३ की भावना शर्मालाई सम्मानित भएकी थिइन् । प्रतियोगितामा कोहलपुर नगरभित्रका ५५ जना खेलाडीहरुको सहभागीता भएको थियो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बौद्धिक क्षमता र उनीहरुमा रहेको कलालाई प्रर्दशन गर्ने स्थान दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए । ‘हरेक बालबालिकाहरुमा आ आफ्नो कला हुन्छ’, उनले भने, ‘जसलाई उनीहरुले प्रर्दशन र व्यक्त गर्न पाइरहेका हुँदैनन ।’ त्यसलाई उजागरण गर्ने यसले निकै ठुलो महत्वपूर्ण भूमिका खेल्ने आचार्यले बताए ।

यस्तै गोल्डेन नाईट चेस क्लबका अध्यक्ष अभिराज क्षेत्रीको सभाअध्यक्षतमा कार्यक्रम भएको थियो भने बुद्धिचाल प्रतियोगितामा सरोकारवाला निकायहरुका पदाअधिकारी, संस्थागत विद्यालयका सञ्चालक र विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ ३२ गते शनिबार