Kohalpur Today Header Ads

आंशिक प्राध्यापकले ताला लगाएपछि ठप्प भयो त्रिवी




कोहलपुर । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला लगाएपछि त्रिवीको सेवा ठप्प भएको छ ।

आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बूले ६ सुत्रीय माग राखेर ताला लगाएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

त्रिविले अनुसन्धानत्मक विशिष्टको आधारमा (फास्ट ट्र्याक) १०० जना शिक्षकको विज्ञापन खुलाएको विरोधमा आंशिक प्राध्यापक संघले ताला लगाएको हो ।

‘फास्ट ट्र्याकको नाममा लिखित परिक्षा बिना नै अन्तर्वार्ताको आधारमा उप–प्राध्यापक बनाउने नियतका साथ हुन गइरहेको विज्ञापन तत्काल खारेज गरि सबैलाई प्रतिस्पर्धा गर्न पाउने संवैधानिक हक सुनिश्चित गर्न भनेका हौँ,’ अध्यक्ष लिम्बुले भने ।

त्रिभुवन विश्वविद्यालयले सीमित सिट संख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकेर नियम अनुसार रिक्त रहेको सम्पूर्ण दरवन्दी आउने ६ महिना भित्र सेवा निवृत्त हुने शिक्षकहरुको समेत गरी ५ हजार २ सय ३ को पटकमा तत्काल विज्ञापन गर्नुपर्ने माग आंशिक प्राध्यापकको छ ।

आंशिक प्राध्यापक संघले शुक्रबार ताला लगाएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार