काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले भोलि आफूअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना निकाले असार १ गते आइतवार भूम्या पूजाको अवसरमा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।
भूम्या पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । २०८१ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र अनुसार भूम्य पूजाको अवसरमा चार जिल्लालाई सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ जेठ ३२ गते शनिबार
प्रतिक्रिया दिनुहोस्