कोहलपुर । संघिय लोकतान्त्रिक गणतन्त्र बनेपछि धरैले भन्ने गरेको विषय हो —व्यवस्था बदलियो, अव अवस्था फेर्नुपर्छ, तर अवस्था फेरिएको अनुभूति जनताले गर्न पाएका छैनन् ।
अवस्था परिवर्तन गराउन कोहलपुरका विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउन नयाँ कसरत सुरु गरेको छ ।
कोहलपुर नगरपालिकामा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सम्बन्धी अनुभव आदानप्रदान छलफल तथा अभिमूखीकरण कार्यक्रम तथा विद्यालय प्रधानाध्यापकहरुको नियमित बैंठक आयोजना गरी पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउन नयाँ कसरत सुरु गरेको हो ।
आदानप्रदान कार्यक्रममा विशेषः ‘पढ्दै कमाउँदै कार्यक्रम’ लाई सुर्खेतको बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले राष्ट्रिय अभियानको रुप लिएका छन् ।
सिग्देलको विद्यालयमा स्वदेश तथा विदेशबाट समेत विद्यालय हेर्न आउने गर्छन् । उनीसंग केही नयाँ सिप, अनुभव छ । जसलाई सिक्न देशैभरीका विद्यालयका प्रअ र शिक्षक विद्यार्थी जाने गर्छन् ।
‘पढ्दै कमाउँदै कार्यक्रम’ले ल्याएको क्रान्तिलाई कोहलपुरका सामुदायिक विद्यालयमा पनि लागू गर्ने योजनामा छन् सिग्देल ।
सिग्देलले आफ्नो विद्यालयमा त कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरिरहेका छन्, जसलाई नेपाल सरकारले नै यसलाई अंगीकार गरेको छ ।
सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पढाइसँगै विभिन्न सीपमूलक काम गर्छन् र त्यसबाट आयआर्जन पनि गर्छन् जसबाट अध्ययन खर्च र आफ्नो खर्च समेत निकाल्छन् ।
सिग्देलले ‘पढ्दै कमाउँदै कार्यक्रम’ बाट सफल भएका योगेश सिंह ठकुरीलाई समेत स्वयम् कार्यक्रममा उपस्थित गराएका थिए । ठकुरीले आफू सफल भएको बृतान्त सुनाए । उनको घर दैलेख । पढ्दै कमाउँदै कार्यक्रमले उनको जिवन परिर्वतन नै गरिदियो । अध्ययन खर्चको लागि कोही कसैबाट पैसा माग्नु परेन । कृर्षी धारमा अध्ययनरत रहेका उनले च्याउ, कुखुरा, लगायत अन्यमा उत्पादन गर्दै विक्रि वितरणमा विद्यालयले पनि सहयोग ग¥र्यो ।
उनी हाल कोहलपुर १३ मा ‘भरैया र्फम स्टे’ नामक कृषि र पर्यटक क्षेत्रमा काम गर्ने योजना सहित सञ्चालन गरेका छन् । ‘भरैया र्फम स्टे’ बाट आएको रकमले अध्ययन गर्ने गरेको योगेश सिंह ठकुरीले बताए ।
यस्तै लक्ष्मी माविमा कृषि प्राविधिक धारका शिक्षक तथा संयोजक हेमन्त थापाले पनि आफ्नो अनुभव सुनाउँदै भने, मलाई स्वदेशमै बस्न मन थिएन जब नारायण सिग्देललाई भटे अहिले आफ्नै ‘बगैचा फर्म स्टे’ सञ्चालन गरेको छु । ९ विगाह क्षेत्रमा उनले कृषि तथा अन्य फलफूल खेती गरिरहेका छन् ।
कोहपलुरका ३ सामुदायिक विद्यालय क्रमशः लक्ष्मी मावि—२ बर्दहवा, त्रिभुवन मावि हाइस्कुल र जन ज्ञानज्योति मावि १२ चप्परगौडीमा विभिन्न प्राविधिक धारमा अध्ययन हुन्छ ।
सो विद्यालयहरुमा विगत भन्दा यो वर्ष झन न्यून विद्यार्थी भर्ना भएको शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल बताउँछन् ।
प्राविधिक धारमा विद्यार्थी कम हुन भनेको शिक्षा प्रणाली नै कमजोर हुनु हो । प्राविधिक धार भनेको गरेर खान सक्ने बनाउने विषय हुन् । ती प्राविधिक धारमा विद्यार्थी भर्ना नहुनु न्यून भर्ना दर हुन राम्रो होइन् ।
विद्यार्थी संख्या किन न्यून भए ? अब कसरी बढाउने ? भन्ने विषयमा निकै छलफल बहस भइरहेको र यसलाई सफल र नयाँ ढङ्गबाट लैजान ‘पढ्दै कमाउँदै कार्यक्रम’ले सहयोग गर्ने उनको भनाई थियो ।
कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले नारायण सिग्देललाई आफ्नो कार्यक्षेत्रमा रहेका विद्यालयहरुलाई सफल बनाउन ल्याउने गरेको बताए ।
नारायण सिग्देलकै अंगिकार नेपाल सरकारले समेत गरिसकेको र कोहलपुरमा समेत उहाँको विचार, सोच र नविनतम्लाई ल्याउने र कार्यान्वन गराउन महत्वपूण भूमिका खेल्ने प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए ।
कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शिक्षामा लगानी थप बृद्धि गर्दै त्यसको प्रतिफल ल्याउने प्रयासमा निरन्तर लागिरहेको बताए । कोहलपुरलाई शैक्षिक हव बनाउन सबैको सहयोगको अपेक्षा गर्दै पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी बनाउन नविनतम् योजनालाई ल्याउन लागेको नगर प्रमुख आचार्यले बताए ।
कोहलपुर नगरपालिकामा सञ्चालित प्राविधिक धारका विद्यालयहरुले आफूले गरेको प्रगति र उन्नतिको बारेमा चर्चा गरिएको थियो भने उनीहरुले गरिरहेका कामको बारेमा समेत चर्चा गरिएको थियो । सो कार्यक्रममा कोहलपुर नगरपालिकाका प्राविधिक धारका विद्यार्थीहरु समेत उपस्थित रहेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्