कोलम्बियाली राष्ट्रपति पदका उम्मेदवारमाथि गोली प्रहार




काठमाडाैँ।  कोलम्बियाका राष्ट्रपति पदका उम्मेदवार तथा सिनेटर मिगेल उरिबे तुरबे एक चुनावी कार्यक्रमका क्रममा गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

३९ वर्षीय उरिबेमाथि राजधानी बोगोटामा शनिबार आयोजित आमसभामा सम्बोधन गरिरहँदा आक्रमण गरिएको थियो। रिपोर्टअनुसार उनलाई तीनवटा गोली लागेको छ, जसमा दुई गोली टाउकोमा लागेको बताइएको छ ।

कोलम्बियाको महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएअनुसार घटनास्थलबाट १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ ।

उरिबेकी पत्नी मारिया क्लाउडिया ताराजोनाले राष्ट्रबासीहरूलाई प्रार्थनाका लागि आग्रह गर्दै भनेकी छिन्, ‘मिगेल अहिले जीवन र मृत्युसँग संघर्ष गरिरहनु भएको छ। उहाँको उपचार गरिरहेकाहरूको हातमा भगवानले शक्ति दिऊन् भन्ने कामना गरौं ।’

उरिबेआबद्ध सेन्ट्रो डेमोक्राटिको पार्टीले यस आक्रमणको कडा निन्दा गरेको छ। पार्टीले यसलाई ‘कोलम्बियाको प्रजातन्त्र र स्वतन्त्रतामाथिको गम्भीर खतरा’ भनेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ २५ गते आइतबार