कोहलपुर । इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद–उल–अज्हा (बकर ईद) को अवसरमा बाँकेका चार वटा स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नरैनापुर अध्यक्ष शैयद इस्तियाक अहमद शाह, जानकी अध्यक्ष छब्बन खाँ र खजुरा अध्यक्ष डम्बर विकले छुट्टाछुट्टै सूचना जारी गर्दै पालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने जनाएका छन् ।
बकर ईद तीन दिन मनाइने पर्व हो । यस वर्षको पहिलो दिन शनिबार परेको बकर ईदका कारण आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको हो ।
इद–उल–अज्हा मुस्लिम समुदायको दोस्रो ठूलो पर्व हो, जुन रमजानको उपवासपछि मनाइन्छ। यस अवसरमा बलिदान, परोपकार र एकताको सन्देश दिइने गरिन्छ । मुस्लिम धर्मावलम्बीले विशेष नमाज पढ्ने, दान गर्ने, र शुभकामना साट्ने परम्परा छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्