कृष्ण कुमार शाही, कोहलपुर ।
कोहलपुरमा अंग्रेजी शिक्षकका लागि तीन दिवसीय कार्यशाला सम्पन्न सम्पन्न भव्को छ । कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा र नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा), बाँकेको समन्वय तथा सहजिकरणमा सामुदायिक विद्यालयका आधारभूत तहका अंग्रेजी भाषा शिक्षकहरूका लागि “Gamification and ICT in ELT” विषयक तीन दिवसीय कार्यशाला सफलतापूर्वक सम्पन्न भएको हो ।

जेठ २२ गते त्रिभुवन नमुना माध्यमिक विद्यालय, कोहलपुर-१०, बाँकेमा उद्घघाटन भई शुरु भएको उक्त कार्यशाला जेठ २४ गते सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद वि.क.को सभापतित्वमा समापन भएको हो।
कार्यशालामा कोहलपुर नगरभित्रका २५ जना अंग्रेजी भाषा शिक्षकहरूको सहभागिता रहेको थियो। दैनिक चार सेसनहरूमा विभाजित कार्यशालामा शिक्षा, युवा तथा खेलकुद शाखाका उप-सचिव राम बहादुर हमालका साथै नेल्टा बाँकेका पदाधिकारीहरू तथा बाँके जिल्लाका अंग्रेजी भाषाका विज्ञहरू प्रमोद सुवेदी, दिलीप वली, देवी गुरुङ, शिव काफ्ले, सञ्जीव कुमार सिंघल, विन्दु सुवेदी, केशवराज सिग्देल, गणेश प्रसाद पौडेल र भीम प्रसाद खरेलले सहजीकरण गरेका हुन् ।

कार्यशालामा सहभागी शिक्षकहरूले यसलाई अत्यन्तै उपयोगी, रोचक, प्रयोगात्मक तथा व्यवहारिक भएको भन्दै खुलेर प्रशंसा गरेका छन्। उनीहरूले यस्ता प्रभावकारी कार्यशालाहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आफूहरू यसबाट निकै लाभान्वित र खुसी भएको बताएका छन्। यसले कक्षाकोठामा अंग्रेजी शिक्षणलाई अझ प्रभावकारी बनाउन ठूलो मद्दत पुग्ने उनीहरूको भनाइ थियो।

सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बि.क. र नेल्टा बाँकेको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि अंग्रेजी शिक्षकहरूको पेशागत विकासका लागि निरन्तर सहयोग र सहकार्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे। यसै गरी शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राम बहादुर हमालले कार्यशालामा प्रभाकारी रुपमा सहजिकरण गरेकोमा नेल्टा बाँकेलाई धन्यवाद् दिँदै यसमा सिकेका कुराहरु कक्षा कोठामा प्रयोग गरि शिक्षणलाई थप प्रभावकारी बनाउन सहभागीहरुलाई सुझाव दिए।

नेल्टा बाँकेका अध्यक्षल प्रमोद सुवेदीले नेल्टालाई विश्वासगरी कार्यशाला सहजीकरणको जिम्मेवारी प्रदान गरेकोमा कोहलपुर नगरपालिका साथै शिक्षा, युवा तथा खेलकुद शाखालाई विशेष धन्यवाद व्यक्त गरे। उनले नेल्टा बाँकेले आगामी दिनमा पनि अंग्रेजी शिक्षकहरूको पेशागत विकासका साथै कक्षा कोठामा अंग्रेजी भाषा शिक्षण सुधारका लागि जिल्लाका स्थानीय सरकारहरू तथा सामुदायिक र संस्थागत विद्यालयहरूसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याए। यस कार्यशालाले अंग्रेजी भाषा शिक्षणमा नयाँ प्रविधि र विधिहरूको प्रयोगलाई प्रोत्साहन गर्दै विद्यार्थीहरूका लागि अंग्रेजी सिक्ने वातावरणलाई अझ रमाइलो र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष सुवेदीले कोहलपुर टुडे लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्