रोमर्ष उपाध्याय काठमाडौ ।
त्रिभुवन विश्वविद्यालयले प्रचलित मान्यता विपरीत तथा सेवारत प्राध्यापकहरूको वृत्ति विकासमा असर पर्नेगरी प्रकाशित विज्ञापनको सन्दर्भमा लाई जोडेर विश्वविद्यालयमा क्रियाशिल ६ प्राध्यापक संघसंगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छ्न ।
उनिहरुको जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपालको प्राज्ञिक एवम शैक्षिकका धरोहरका रूपमा स्थापित नेपालको सबभन्दा पुरानो र ठुलो त्रिभुवन विश्वविद्यालयले नेपालको उच्च शिक्षामार्फत राष्ट्रकै समग्र शैक्षिक नीति तथा कार्यक्रमहरू लाई प्रत्यक्ष रूपमा दिशानिर्देश गर्दै आईरहेको छ । विश्वविद्यालयका शैक्षिक गतिविधिहरू देशको आवश्यकता लाई सम्बोधन गरिने खालको हुनुपर्ने उनीहरुको मान्यता उल्लेख गरिएको छ । उनिह्हरुले भनेका छ्न पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालयको नेतृत्व गरिरहेका हालका तीनमहिने उपकुलपतिले विश्वविद्यालयका आवश्यकता लाई नजर अन्दाज गरेका छैनन् । उपकुलपतिले केवल आफ्नो मनोगत अभिष्ट पूरा गर्ने हेतुले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको र विश्वविद्यालयका आवश्यकता एवम् प्राध्यापक संघ संगठनका मागहरू तर्फ ध्यान नदिएको आरोप छ । उपकुलपति र पदाधिकारीजरुले पेसागत संघ संगठनका मागहरूलाई व्यवास्ता गरि पेसागत विकासमा लगानी नगरेको, विश्वविद्यालयमा सेवारत प्राध्यापकहरूको नियमित बढुवाको कार्यविधिलाई समयानुकूल परिमार्जन नगरेको र मनमौजी रूपमा मौखिक आदेशमात्रलाई आधार मानी कार्य गरेकोले यश खालका गतिविधि तत्काल रोक्न पनि माग गरेका छ्न । यश खालका गतिविधि वर्तमानका उपकुलपतिले नभई पुर्ण कार्यकालको उपकुलपति नियुक्तिपश्चात् नयाँ उपकुलपतिको योजना अनुरूप र दृष्टिकोण अनुसार अघि बढ्नु पर्ने उनीहरुको माग छ ।
उनीहरुले राष्ट्रको शैक्षिक उन्नयनका खातिर आफ्नो जीवनको अमूल्य र मुख्य समय अर्पण गरेका प्राध्यापकहरूको वृत्ति विकास पनि सोही अनुसार हुनुपर्ने समेत माग गरेका छ्न । उनीहरुले भनेका छ्न विश्वविद्यालयका जिम्मेवार तहमा रहने पदाधिकारीले यसतर्फ ध्यान दिनु प्राकृतिक सिद्धान्त अन्तर्गत रहेको तर्क पेश गरेका छ्न । उनीहरुले भनेका छ्न त्रिभुवन विश्वविद्यालयमा गत चार वर्षयता प्राध्यापकहरूको आवधिक बढुवाको विज्ञापन समेत नगरिएको उल्लेख छ । नेतृत्वले प्राकृतिक सिद्धान्त अनुरूप कार्य नगरी स्वार्थको घेराबन्दीमा रहेर मनोगत रूपमा दरबन्दी सिर्जना गर्नु गम्भीर प्रश्न रहेको उनीहरुको माग छ ।
वर्तमानमा व्यवस्था रहेको दरबन्दीको पिरामिडलाई बेवास्ता गर्नु वर्तमानका पदाधिकारीहरुको अहमता हो । कुनै विषयमा बढुवाका निम्ति दरबन्दी सिफारिस नगर्नु र कुनै विषयमा अत्यन्तै न्यून संख्यामा प्राध्यापक तथा सहप्राध्यापकको दरबन्दी सिफारिस गरिनु अवैज्ञानिक भएको तर्क छ । उनीहरुले किसिमको गैरजिम्मेवार कदमको तीव्र निन्दा र भर्त्सना गरेका छन ।
यसरी व्यक्तिगत अभीष्ट पूरा गर्नकै लागि अत्यन्तै न्यून संख्यामा दरबन्दी सिफारिस हुने तथा कतै दरबन्दी नै सिफारिस नहुने देखिएकोले सम्पूर्ण विषयमा पिरामिडका आधारमा दरबन्दी थप गरिनुपर्दछ भन्ने उनीहरुको माग छ । त्यस्तै, करार सेवामा कार्यरत प्राध्यापकहरू लाई अनुभवका आधारमा बढुवाको व्यवस्था गर्नु पर्ने र सेवा वर्षको आधारमा उपदानको व्यवस्था समेत माग छ । विभिन्न समयमा आंशिक प्राध्यापकहरूसँग गरिएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्नु पर्ने तथा प्राध्यापकहरू माथि श्रमशोषण गर्ने कार्य तुरुन्त बन्द गर्ने व्यवस्था गर्नुपर्दछ भनिएको छ । विश्वविद्यालयले फास्ट ट्रयाकको नाममा लिखित परिक्षाविना नै केवल अन्तर्वार्ताको आधारमा स्थायी गराउने कार्य तुरुन्त बन्द गर्नु पर्ने । यदि विश्वविद्यालयका यी आवधिक र आवश्यक माग तथा बढुवाको विद्यमान पिरामिड व्यवस्थालाई बेवास्ता गर्दै विश्वविद्यालय पदाधिकारीले आफ्नै स्वार्थ सिद्ध गर्ने मार्गमा अगाडि बढ्ने प्रयत्न गरेमा यसबाट पर्न जाने परिणाम र परिस्थितिको जिम्मेवारी विश्वविद्यालय पदाधिकारीले नै बोक्नुपर्ने र त्यसबाट उत्पन्न हुने नतिजाको समेत पदाधिकारी आफैंले व्यहोर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
त्रिवि प्राध्यापकहरूका माग सम्बन्धमा कार्यकारी परिषद्द्वारा गठित समितिको प्रतिवेदनका आधारमा कार्यविधि संशोधन गरी उक्त कार्यविधिका आधारमा त्रिविका रिक्त दरबन्दीको पदपूर्ति निश्चित मापदण्ड, आधार र पिरामिड खुल्ने गरी प्राध्यापकको पदोन्नति एवम् स्थायी प्रक्रिया तत्काल अघि बढाउन समेत जोडदार माग गरेका छ्न । उनीहरुले भनेका छ्न हठातको विज्ञापन र कार्यविधि खारेज गर्नु पर्ने समेत छ प्राध्यापक सघ सङठनको चेतावनी छ ।
विज्ञप्ति जारी गर्नेहरुमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सिना, एकीकृत प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष गोविन्द सुवेदी, नेपाल राष्ट्रिय अध्यक्ष प्रा.डा. बालमुकुन्द रेग्मी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.जगदीशचन्द्र भण्डारी, लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा उदय किशोर तिवारी र समाजवादि प्राध्यापक संघका अध्यक्ष डा. पवन कुमार झाको संयुक्त हस्ताक्षरमा प्रेश विज्ञप्ति जारी गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत ६ वटा प्राध्यापक संघसंगठनहरुले सम्पुर्ण रिक्त दरवन्दि खोल्नु पर्ने माग समेत गरेका छ्न ।
विज्ञप्तिमा यस्तो लेखिएको छ :

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्