सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै




कोहलपुर । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम कोहलपुरमा प्रभावकारी बन्दै गएको छ ।

वैदेशिक रोजगारीमा जाने क्रममा, गन्तव्य मुलुकमा पुगेपछि कार्यक्षेत्रमा, कामदारको मृत्युपछि विभिन्न क्षेत्रबाट उद्धार तथा राहत कार्यक्रममा परियोजनाले सहजीकरण गर्दै आएको रोजगार सेवा केन्द्र शाखाका प्रमुख आशिष बर्माले बताए ।

शुक्रबार सरोकारवालाहरुसंगको छलफल तथा अन्तक्रिया कार्यक्रममा रोजगार सेवा केन्द्र शाखाका प्रमुख आशिष बर्माले कोहलपुर नगरपालिकाले सामी परियोजना अन्तर्गत गरेको प्रगति विवरण सार्वजनिक गरेका थिए ।

कोहलपुरमा चालु आर्थिक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका ३ हजार १८ जनाले सामी कार्यक्रमबाट सहज सेवा लिएको बताए ।

विदेश काम गर्न, अध्ययन गर्न गएका र विदेशबाट फर्किएका उक्त संख्याका व्यक्तिहरूलाई मनोपरामर्श दिने, र आइपरेका समस्या समाधानमा सहयोग गर्ने काम गरेको शाखा प्रमुख बर्माले बताए ।

बमाले वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आइपर्ने समस्या र कानुनी सहायता प्रदान गरिदै आएको उल्लेख गरे ।

यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले सामी परियोजनाले कोहलपुरलाई ठुलो राहत मिलेको बताए । यसले बैदेशिक रोजगारमा जानुभन्दा पहिले सिपयूक्त तालिम प्रदान गर्छ भने बैदेशिक रोजगारमा गएदेखि घर आउँदा सम्मको हेरचाह गर्दछ । स्वदेश फिर्किएपछि पनि स्वदेशमै केही गर्ने यूवाहरुलाई पनि सिपयुक्त तालिमहरु प्रदान गर्ने गरेको बताए ।

यस्तै कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक अनिता बुढा क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका ईश्वरी प्रसाद विश्वकर्माको प्रमुख अतिथिमा कार्यक्रम सञ्चालन भएको थियो भने कार्यक्रम कोहलपुर नगरपालिका प्रेस संयोजक प्रिया स्मिृति ढकालले समन्वय गरेका थिए ।

कार्यक्रममा विगत लामोसमयदेखि काम गरिरहेका सामी परियोजनाका रिटर्नी स्वयंसेवक लगायत अन्य सरोकारवाला व्यक्तित्वहरुको समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार