
कोहलपुर । फर्मासिस्ट सरोज मरासैनीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं.६ रझेना निवासी ३६ वर्षीय मरासैनीको बुधवार राती ११ बजे नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
राती साढे १० बजे दुर्घटनामा परेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । चिकित्सकले राती ११ बजे मृत घोषणा गरेका थिए ।
उनी नेपालगन्जबाट कोहलपुर आउनेक्रममा कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुरमा आफैले चलाएको भे ९ प ८१५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटनामा परेका थिए । दुर्घटनास्थलमा सडक मर्मतका लागि खाडलहरु खनिएको छ । उनी त्यसैमा परेका थिए ।
राजिव गान्धी युनिभर्सिटी भारतबाट बी फार्मेसी गरेका उनी औषधी उत्पादन गर्दै आएको रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रुपमा काम गर्दै आएका थिए । उनको मृत्युको खवरपछि यसक्षेत्रका फर्मासिस्टहरु शोकमा डुवेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्