नेदरल्यान्ड्स विरुद्ध नेपालको कसिलो बलिङ, दुबै ओपनरको विकेट प्राप्त




आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी सिरिजको दोस्रो खेलमा नेपालले नेदल्यान्ड्ससामू कसिलो बलिङ प्रदर्शन गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको डच टोलीलाई नेपाली बलरले सुरुवातमै निकै दबाबमा पुर्‍याएका छन्।

जारी खेलअन्तर्गत ८ ओभर सकिँदा नेदल्यान्ड्सले ओपनरका दुई विकेट गुमाइसकेको छ। जसमा जम्मा ३० रन मात्रै जोड्न सकेको छ। नेपालका तर्फबाट बलर करन केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन्। सोमपालले माइकल लेभितको विकट निकाल्दा करनले अर्काे ओपनर म्याक्स ओडाउटलाई बोल्ड आउट गरेका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ २१ गते बुधबार