गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग




गाजापट्टी ।   गाजामा राहत सामग्री वितरण गर्ने क्रममा प्यालेस्टिनीहरूको हत्याको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्र संघ (यूएन)का महासचिवले आइतबार अपिल गरेका छन् । यी मानिसहरू इजरायली सेनाको गोलीबारीमा मारिएको बताइएको छ ।

‘आइतबार खाना र राहत सामग्री लिन गाजामा आएका प्यालेस्टिनीहरूको मृत्यु र घाइते भएकोमा म दुखी छुँ ।’ यूएनका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्तिमा भनेका छन् ।

इजरायल र अमेरिकाको समर्थनमा गाजा मानवीय फाउन्डेसनद्वारा सञ्चालित राहत सामग्री वितरण केन्द्रमा उनीहरूमाथि गोलीबारी गरिएको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।

घटनामा १७९ जनालाई चोट लागेको र यसमध्ये २१ जनाको मृत्यु भएको रेडक्रसले भनेको छ । उही समयमा, हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले मृतकको सङ्ख्या ३१ बताएको छ ।

केही हप्ताको नाकाबन्दी पछि हालै गाजा मानवीय फाउन्डेसनले खाना र अन्य राहत सामग्री वितरण गर्न थालेको थियो । यद्यपि, यसको नीतिहरू मानवता विरोधी भएको आरोप लगाइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार