प्रशिक्षक प्रशिक्षण तीन दिने तालिम सकियो




 

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम समापन गरिएको छ ।

शनिबार एक औपचारी कार्यक्रम गरी कोहलपुर नगरपालिका प्रमुख प्रशाकिय अधिकृत तथा कार्यक्रमम प्रमुख अतिथि मान बहादुर गिरीले तालिमको समापन गरेका हुन् ।

कोहलपुर नगर विकास समिति र एपिएफ स्कुलको सहकार्यमा गत १५ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको सो तालिममा कोहलपुर नगरपालिकाका १५ वटै वडाका सामूदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरुलाई तालिम दिइएको हो ।

समापन कार्यक्रममा बोल्दै गिरीले कोहलपुर नगरपालाई खेलकुदको हवको रुपमा विकास गर्नका लागि तत्पर रहेको बताए ।

विद्यालयहरुमा खेलकुद शिक्षकहरुलाई प्रशिक्षण माध्यमबाट खेलकुदलाई उच्च स्थानमा राख्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत गिरीको भनाई थियो ।

कार्यक्रममा एपिएफ स्कुलका प्रिन्सिपल राज कुमार प्याकुरेल, कोहलपुर नगर खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्री, शसस्त्र प्रहरी नायव निरिक्षक तथा पत्रकार, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । तालिममा ३४ जना प्रशिक्षार्थी सहभागि थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार