Kohalpur Today Header Ads

महिलाहरुलाई ३० दिने सिलाई कटाई तालिम समापनसंगै मेसिन हस्तान्तरण




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका २९ जना महिलाहरुलाई ३० दिने प्रारम्भिक सिलाई कटाई तालिम समापन तथा मेसिन हस्तान्तरण कार्यक्रम गरेको छ ।

सोमबार क्षेत्र नं. १ (२) का लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीको प्रमुख आतिथ्यता तथा घरेलु तथा सना उद्योग कार्यालय बाँकेका निमि क्त प्रमुख कृष्ण बहादुर विष्टको अध्यक्षतामा तालिम समापन भएको थियो ।

क्षेत्र नं. १ (२) का लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले महिला उद्यमी बनाउने लक्ष्य लिएर तालिम सञ्चालन गरेको बताए ।

LIfe Ok

‘महिलाहरुलाई स्वरोजगार बनाउन यस्ता तालिमको अति आवश्यकता देखेको छु’, उनले भने, ‘आर्थिक रुपमा कमजोर भएकै कारणले महिला हिंसा भइरहेको देखिन्छ ।’ जसलाई निराकरण गर्नका लागि स्वरोजगार बनाउन जरुरी देखिएको उनको भनाई थियो ।

‘तालिमसंगै मेसिन समेत हस्तान्तरण गरेका उनले मेसिनलाई घरमा लगेर थन्क्याउने होइन’, उनले थपे, ‘यसलाई प्रयोगमा गरी व्यवसायीक रुपमा लैजान होला ।’ बजारमा हरेकको आ—आफ्नै ब्राण्ड हुन्छ जसमा तपाई पनि आफ्नो ब्राण्ड बनाई सिलाई कटाई बनाउनुहुनेछ भन्ने पूर्ण रुपमा विश्वास लिएको उनको भनाई थियो ।

नेपालमा नै केही गर्न खोज्नेलाई हौसला प्रदान गर्न जरुरी छ सो हौसला प्रदान गर्न अझै आगामी वर्षमा थप बजेट व्यवस्थापन गरी प्रभावकारी रुपमा काम गर्दै लैजाने उनको भनाई थियो ।

यस्तै घरेलु तथा सना उद्योग कार्यालय बाँकेका निमिक्त प्रमुख कृष्ण बहादुर विष्टले महिलाहरुले चुलोचौको मात्र समाल्ने होइन् स्वरोजगार बनाउन तयार गराउने काममा यस तालिमले सहयोग गर्ने बताए । सो तालिम  तथा मेसिन उपलब्ध गराउन १३ लाख रुपैया खर्च भएको निमिक्त कार्यालय प्रमुखले बताए ।

यस्तै घरेलु तथा सना उद्योग कार्यालय बाँकेका प्रशासकिय अधिकृत पुष्कर सिंह ठकुरी, घरेलु तथा सना उद्योग कार्यालय बाँकेका लेखा अधिकृत, प्रशिक्षक, प्रशिक्षार्थी, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ १२ गते सोमबार