१२औं स्थापना दिवस : एसइई र विएलईमा उत्कृष्ट १५ जना सम्मानित




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको १२ औं स्थापना दिवसमा सामुदायिक र सस्थागत विद्यालयका उत्कृष्ट १५ जना सम्मानित भएका छन् । कोहलपुर नगरपालिकाले २०८०/८१ म एसईई र विएलई मा उत्कृष्ट १५ जनालाई सम्मानित गरेको हो ।

एसईईमा सम्मानित हुनेमा सामुदायिकतर्फ त्रिभुवन माविका प्रतिक शर्मा (३.९५ जिपीए), पवन पोख्रेल (३.८३ जिपीए र संस्थागततर्फ पञ्चमुखी ईमी स्कुलका सुमित यादव (३.८६ जिपीए ), गोर्खा यूनाईटेड पब्लिक स्कुलका लक्ष्मी घर्ती (३.०९ जिपीए) ल्याएका थिए ।

यस्तै विएईमा सम्मानित हुने सामुदायिक तर्फ त्रिभुवन मावि आशिका थापा ( ३.९६ जिपीए), ज्ञानज्योति मावि चप्परगौडीका मनोज पुन (३.८६ जिपीए), नेरामावि चटारका एलिस वली (३.९३ जिपीए) र त्रिभुवन माविका गुरास चन्द (३.०९ जिपीए) ल्याएका छन् ।

यस्तै विएईमा सम्मानित हुने संस्थागत तर्फ २०८१ मा पञ्चमुखी स्कुलकी बन्दना खड्का (३.९७ जिपीए), ब्रिज इन्टरनेशनलकी रितु लावद (३.९७ जिपीए), बालज्योति माविकी पुनम शर्मा (३.९७ जिपीए) र डाइनामिक माविकी स्नेहा अधिकारी (३.९७ जिपीए) प्राप्त गरेकी छिन् ।

संस्थागत तर्फ २०८० मा गोर्खा यूनाईटेडमा अध्यनरत आभाष खत्री, अभ्यस्त केसी र डाइनामिक माविकी एन्जिला पुन (४ जिपीए) उत्कृष्ट भएका थिए ।

१२औं स्थापना दिवसमा लुम्बिनी प्रदेशका जन्मजय तिमिल्सिना रहेके कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदीले आफ्ना कार्यक्रम तथा गरेका कामका बारेमा चर्चा गरेका थिए ।

५ वटा सरकारी कार्यालय, हरित कोहलपुर, लालपूर्जा वितरण लगायत अन्य महत्वपूर्ण काम सफल बनाउन सहयोग पु¥याउने सबै राजनितिक दल, शिक्षक, कर्मचारी लगायत कार्यपालिका सबैलाई हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका भित्र रहेका सबै संघसंस्था, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी लगायत अन्य विभिन्न तहतप्का रहेका व्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रम कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृति ढकालले सञ्चालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार