निर्वाचित भएको तीन वर्षपछि कोहलपुर १४ ढोडपूर्वामा ५६औं कार्यपालिका बैठक




कोहलपुर । कोहलपुर नगरपालिकाको नगर कार्यापालिकाको बैठक कार्यालयमा नभई पहिलो पटक गाउँबस्तीमा बसेको छ । मंगलबार कोहलपुर नगरपालिकाले आफ्नो कार्यपालिकाको बैठक नेपाल राष्ट्रिय प्रथामिक विद्यालय कोहलपुर १४ ढोडपुर्वामा निर्वाचित भएको तीन वर्षपछि कार्यपालिका बैठक बसेको हो ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कार्यपालिका बैंठक कार्यालयमा नगरी गाउँबस्तीमा किन गर्नुभएको ? भन्ने कोहलपुर टुडे डटकमको प्रश्नमा आचार्यले भने, ‘कोहलपुरको भूगोल, वस्तुस्थिति, स्थान विशेष महत्व, आवश्यकताको पहिचान गर्ने वडा वडासम्म कार्यपालिका बैठक बसे निर्णय गरेका छौं ।’

वडा अध्यक्ष, विषयगत संयोजक र सबै वडाको सम्पूर्ण कोहलपुरका १५ वटै वडाको विकास र समृद्धिको लागि उतिकै महत्वपूर्ण छ । त्यसकारण निति तथा कार्यक्रम र बजेट निर्माण गर्दा आवश्यकता पहिचान गर्ने सहज र सरल हुने विश्वास लिएको नगर प्रमुख आचार्यले बताउँछन् ।

कार्यपालिका बैंठकमा नयाँ विषयबस्तुले प्रवेश पाएका छन्, यो विद्यालयमा नै कार्यपालिका बैठक चलिरहेको बेलामा यस विद्यालयका प्रअ सिसराम यादवले विद्यालयको विषयबस्तु थप जानकारी दिँदै आगामी कार्यक्रममा समेट्ने गरी योजना बनाउनुपर्नेमा सबैंको जोड रहेको थियो ।

नगर प्रमुख आचार्यका अनुसार यो वडा नगरपालिकाको पिछडिएको बस्तीसंगै लोपउन्मुख समुदायहरु बसोबास गर्ने भएकोले यहाँको शिक्षा, स्वास्थ्य र रोजगारमा विशेष ध्यान दिने र आगामी दिनमा प्राविधिसंग जोडिएर कार्यपालिका बस्नुपर्ने अवस्था बाहेक अन्य सबै घुम्ती बैंठक बस्ने उनको भनाई रहेको थियो ।

यस्तै कोहलपुर नगरपालिका नगर उपप्रमुख संगिता सुवेदीले वडास्तरमा कार्यपालिका बैठक बसे त्यहाँको समस्या र अवस्थाको बारेमा प्रत्यक्ष अवलोकन गर्न पाइने उनले बताइन् ।

नगरपालिका भित्र रहेका सबै वडाहरुको यथार्थ समस्या बुझ्न पनि मद्दत गर्छ । ‘विगतका वर्षहरुमा पहुँच हनुे र बोल्न सक्ने वडाध्यक्ष भएको ठाउँमा मात्रै विकास हुने तर, बोल्न नसक्ने पहुँच नभएका वडापछि पर्ने गरेका छन्, ‘उनले भनिन्, ‘त्यसलाई समस्याका आधारमा समाधन गर्न समानरुपमा विकास गर्न पनि यसले सहयोग गर्नेछ ।’

विकासमा पछाडी रहेका वडालाई नीति तथा कार्यक्रम र बजेटको विनियोजन सोही तरिकाले गरेको बताइन् । नगरकार्यपालिका भन्दा बाहिर कार्यपालिका बैठक बस्दा २५ जना कार्यपालिका सदस्यहरुले नै प्रत्यक्षरुपमा त्यहाँको समस्या बुझ्ने अवसर पाउने उनको भनाइ थियो ।

१५ वटै वडामा आगामी दिनहरुमा पनि घुम्तीरुपमा अन्य वडाहरुमा कार्यापालिका बैठक बस्ने जानकारी दिइन् । वडामा पुग्दा अति आवश्यक गनुपर्ने कामहरु सबैलाई महशुस भए बजेट विनियोजन गर्न सहज हुने बताइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार