९ वर्षिया बालकको हत्या प्रकरण : सौतेलो बुवा र आमाविरुद्ध कर्तव्य ज्यान मुद्धा दायर




कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा ९ वर्षिया कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको छ । हराएको ८ दिनपछि ९ वर्षिया कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको थियो ।

मृतक कुशलका हजुरबाआमाले इलाका प्रहरी कार्यालयमा मंगलबार हजुरबाआमाले सौतेलो बुवा निरकनाथ योगी र आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन गरेको भन्दै उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धा दायर गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले प्रहरी निरिक्षक रेशमलाल पौडेलले जानकारी दिए ।

मंगलबार इलाका प्रहरी कोहलपुरले प्रेस नोट जारी गर्दै सौतेलो बुवा र आमालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको थियो ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख १७ गते बुधबार