
कोहलपुर । नेपाल पत्रकार महासंघ बाँकेले पहिलो पटक भित्तेपात्रो विमोचन गरेको छ । सोमबार नेपाल पत्रकार महासंघका अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा भएको औपचारीक कार्यक्रममा भित्तेपात्रो विमोचन गरेको हो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीको अध्यक्षतामा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले निष्पक्ष, स्वतन्त्र र निर्भिक रुपमा काम गर्ने आग्रह गरे । हिजोआज प्रेस स्वतन्त्रतामाथि हुने हननका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन्, केन्द्रबाट दैनिक ४–५ वटा प्रेस विज्ञप्ति निकालेर पत्रकारहरूका अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउनु परेको अवस्था रहेको उनको भनाई रहेको थियो ।
यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरीले प्रेस स्वतन्त्रता र सुरक्षाको बिषयमा महासंघ गम्भिर रहेको बताए । पत्रकार पनि आफ्नो कर्मप्रति इमान्दार र मर्यादित हुन आग्रह गरे ।
गिरीका अनुसार महासंघको अनलाइन पोर्टल निर्माण गरी बाँकेका सम्पूर्ण पत्रकारहरुको अभिलेखिकरण गर्न लागिएको बताए ।
सो अनलाइन पोर्टलमा पत्रकारहरुको फोटो, अनलाईनहरु विवरण, पत्रपत्रिकाहरुको विवरण, लगाएत विवरणको अभिलेख गर्ने र सम्भव भए बैशाख महिना भित्र काम टुङ्ग्याउने लक्ष्य सहित काम भइरहेको बताए ।
यस्तै कार्यक्रममा प्रेस युनियन बाँके जिल्ला अध्यक्ष प्रिया स्मृति ढकाल, प्रेस सेन्टर नेपाल बाँके जिल्ला उपाध्यक्ष केपी घिमिरे, अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ बाँके जिल्ला पूर्व अध्यक्ष निरज गौतम लगाएत शुभकामना मन्तव्य राखेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्