आग्लागीबाट क्षति भएको शुभ लक्ष्मीलाई १ लाख बढि सहयोग हस्तान्तरण




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको शुभ लक्ष्मी कलेक्सनलाई एक लाख भन्दा बढि सहयोग हस्तान्तरण गरेका छन् । वैशाख ७ गते भएको आगलागीबाट पूर्ण रुपमा क्षति भएको शुभ लक्ष्मी कलेक्सनलाई कपडा व्यवसायी संघले १ लाख २६ हजार ५५ रुपैया सहयोग गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ की वडा अध्यक्ष कल्पना अधिकारी शर्माले शुभ लक्ष्मी कलेक्सनका प्रो.मेगराज लम्साललाई हस्तान्तरण गरेकी हुन् । कोहलपुरका कपडा व्यवसायी संघले आफ्नो कार्यसमिति, पूर्व कार्यसमिति, पूर्व सल्लाहाकार र संस्थापकहरुबाट संकलन हस्तान्तरण गरेको संघका उपाध्यक्ष गोपाल प्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीले यो अभियानलाई सहयोग गर्नुहुन सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दैै आगामी दिनमा सबैको साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार