करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय चानबाबु खाँनको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो ।
सोही उपमहानगरपालिका–१ बस्ने अमिन दर्जीको घरमा सवा मिटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको संजीवनी कलेज अफ मेडिकल साइन्स प्रालि नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ वैशाख ७ गते आइतबार












प्रतिक्रिया दिनुहोस्