राप्तीसोनारीमा भएको बस आगलागीमा मानविय क्षति भएको छैन : प्रहरी




कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा भएको बस आग्लागीमा मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ करिब ७ बजेतिर भएको विग्रीएको बस नेपालगञ्ज बनाउन ल्याउने क्रममा आग्लागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रदेश ३-०१-००६ ख ९८३ नम्बरको बस बनाउन लैजाने क्रममा विजुलीको तार बसमा परी आग्लागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक पातलीले जानकारी दिए ।

सो बस चालक र सह—चालक हामफालेर ज्यान जोगाएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक पातलीले जानकारी दिए । पातलीले आग्लागी भएकाे स्थानसम्म  एम्बुलेन्स जाने क्रममा छ अबको केही बेरमा पुग्ने उनको भनाई छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख ५ गते शुक्रबार